
सोमबार राति गरिएको गोली प्रहारमा क्रितेश मनीचेन्जरका सञ्चालक बटेशकुमार साह गम्भीर घाइते भएका हुन् ।
विराटनगर १९ स्थित रानीमा उनीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापाले दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साहलाई गोली हानेका थिए ।
घाइते साहको साथबाट उनीहरुले चार लाख रुपैयाँ पनि लुटेका छन् ।
गोली प्रहारबाट गम्भिर घाइते साहको विराटनगरमा उपचार सम्भव नभएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । साहलाई दायाँ हात र दायाँ तिघ्रामा गोली लागेको छ ।
प्रतिक्रिया दिनुहोस्