
जुम्ला देपालगाउँ वडा नम्बर– ३ रोकायावाडाको बाटोमा १४ वटा मूर्ति र दुई वटा शंख फेला परेको हो । स्थानीयले बाटोमा मूर्तिहरु फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
एक महिनाअघि कर्णालीको धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिरबाट मूख्य दत्रात्तय लगायतका २१ वटा मूर्ति चोरी भएका थिए ।
चन्दनाथ मन्दिरबाट चोरिएका गौतम बुद्ध, सरस्वती, वालगोपाल, बुद्धको सानो मूर्ति लगायत १४ वटा मूर्ति बाटो र खोलामा बेवारिसे रुपमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अरु मूर्तिको पनि प्रहरीले खोजि गरिरहेको छ । मंसिर ११ गते चोरिएको मूर्तिको प्रहरीले खोजी गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्