
बेनिशाका प्रेमी अरु कोही नभएर अनिल थापा हुन् । तर यो जोडी आफ्नो निजी जीवनको प्रेममा नभई चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” मा समावेश गीत ‘काँडा छोए फुल बन्छ’को म्युजिक भिडियोको दृश्यमा देखाइएको प्रेम हो ।
गीतमा बेनिसा पूरै प्रेममा परेको दृश्य देख्न पाइन्छ । उत्कृष्ट अभिनय र सुहाउदिलो ड्रेसमा देखिएकी बेनिसा अनिलसँग लजालु तवरले प्रेममा परेको देखाइएको छ ।
विभिन्न ८ वटा गित समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । सुनिल मास्केको संगित तथा किशोर थापाको शब्द रहेकोछ ।
दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको,मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।
तिमी जस्तो छैन कोही, मन पराई तिमीले हत्ते गर्यौनी, भुपु मायाँलु , मनको खाली भित्ता भरी जस्ता दर्जनौँ हिट गीत दिएका गायक रानाले अर्को भिडियो पनि सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्