
ओमानमा नेपाली युवती ओसार–पसार गर्ने नवलपरासी घर भइ काठमाडौंको बसुन्धरा बस्ने राजकुमार खरेल, ताप्लेजुङ–फूलबारी घर भइ मोरङ–विराटचोक बस्ने पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बू र रुपन्देही–देवदहका हरिप्रसाद थारु पक्राउ परेका हुन् ।
उनीहरुले वैदेशिक रोजगारीको नाममा युवतीहरुलाई भारतको नयाँदिल्लीबाट श्रीलंका हुँदै ओमान लैजाने गरेको प्रहरीले जनाएको छ ।
खरेलले युवतीहरुलाई काठमाडौंबाट भारतीय सीमासम्म लैजाने, लिम्बूले पासपोर्टलगायतका कागजात संकलन गर्ने र थारुले युवतीलाई सीमा क्षेत्रबाट दिल्ली पुर्याउने काम गर्दै आएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्