१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


ललितपुर मालपोतका शाखा अधिकृत भट्टराईसहित तीनलाई सीआइबीले समात्यो


0
Shares

दलालसँगको साँठगाँठमा नक्कली जग्गाधनी खडा गरी जग्गा पास गरेको आरोपमा भट्टराई, इटहरीका देवेन्द्र थापा र झापाका नगेन्द्र कार्कीलाई पत्राउ गरेको हो ।

भट्टराईले २०६६ सालमा काठमाडौं मालपोत कार्यालयमा कार्यरत् रहँदा झापाका नगेन्द्र कार्कीले जग्गाधनी लोकेन्द्रको भतिजा नाता पर्ने जीवनराज पाठकको नाममा कीर्ते नागरिकता बनाएर जग्गापास गरेको जनाइएको छ ।

जग्गा हात पारेपछि थापा र कार्कीले नेचुरल फ्लाओर एन्ड हर्बल कम्पनीको नाममा ४९ लाखमा जग्गा बेचेको प्रहरीले जनाएको छ ।

२०६६ सालमै हर्बल कम्पनीले हिमालयन बैंकमा सोही जग्गा धितो राखेर ५ करोड ऋण लिएको र २०६९ सालमा हिमालयन बैंकबाट धितो सारेर प्राइम बैंकबाट ८ करोड ऋण लिएको पनि प्रहरीले जनाएको छ ।