१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


श्रीमतीसँग ‘जबर्जस्ती सेक्स गर्न खोज्ने’ श्रीमान् पक्राउ


0
Shares

काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् ।

उनले पटक–पटक मादकपदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘बिहे गरेको तीन वर्षभित्र थुप्रैपटक कुटपिट गरे’ भन्ने श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर पटक–पटक दुबैजनालाई मिलाउँदै आएका थिए ।

यसपटक भने असह्य भएरै न्याय खोज्न आफू सदरमुकामसम्म आइपुगेको श्रीमती विकले बताएकी छन् ।

उनी आफ्नो घरदेखि ६ दिनको पैदल हिँडेर दुई वर्षीय छोरासहित सदरमुकाम दुनै पुगेकी हुन् ।

योपटकको कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको र विशेषतः टाउको र आँखामा गम्भीर चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ ।

अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत् यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिएका छन् । रासस