१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


२३ वर्षपछि अभियुक्त घरबाटै समातिए


0
Shares

मकवानपुर, पदमपोखरी घर भएका ल्वाङ लामालाई नेपाल प्रहरीको सीआइबी टोलीले उनको घरबाटै पक्राउ गरेको हो ।

२३ वर्षअघि ललितपुरको कुपन्डोलस्थित एक गलैचा कारखानामा काम गर्ने युवतीलाई गोपाल स्याङतान, ज्ञानु तितुङ र भोटे लामा भन्ने ल्वाङ लामाले भारतको मुम्बइ पुर्‍याएर बेचेको प्रहरीले जनाएको छ ।

युवतीलाई एक लाख भारुमा बेचेका उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले २०५८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

गोपाल अझै फरार रहेको र ल्वाङ लामालाई कैद भुक्तानका लागि भीमफेदी कारागारमा पठाएको सीआइबीले आइतबार जनाएको छ ।

यसैबीच, सीआइबीले चोरी मुद्दामा फरार प्रतिवादी मकवानपुरका सुरज श्रेष्ठलाई काठमाडौंको सानोभर्‍याङबाट पकाउ गरेको छ ।

१० जनाभन्दा बढीको घरमा चोरी गरेको आरोप लागेका श्रेष्ठलाई मकवानपुर जिल्ला अदालतले ११ वर्षभन्दा बढी कैद र ७ लाखभन्दा बढी जरिवानको फैसला गरेको थियो ।