
अंग्रेजी नर्व वर्षको अवसरमा परेको जन्मदिनका दिन नै तुलाले संगीतकर्मी कल्याणकारी कोषलाई ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
रोजगारीको शिलशिलामा मकाउमा रहेका तुलाले सांगीतिक क्षेत्रमा नै कुनै न कुनै रुपमा आफ्नो तर्फबाट पनि योगदान दिने विषयमा सोचीरहेको र संगीतकार लक्ष्मण शेष र सुरेश अधिकारीसँको कुराकानीपछि कोषलाई उक्त रकम हस्तान्तरण गर्न आँफु तयार रहेको बताए ।
तुलाले कोषलाई मजबुत बनाउनका खातीर आँफुले सहयोग गर्ने घोषणा गरेका हुन् । उनले उक्त रकम केही दिन भित्रैमा कोषका पदाधिकारीलाई हस्तान्तरण गर्ने जनाएका छन् ।
तुलाले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्