७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनायो


0
Shares

सुविसुले आज राजधानीमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको थियो । नेपालमा नै पहिलो पटक केबल इन्टरनेट र केबल अपरेटर प्रविधि भित्र्याउने सुविसु पहिलो कम्पनी हो ।

कम्पनीले अहिले करिब ७० वटा जिल्लामा सेवा विस्तार गरिसकेको छ । यसले आगामी दिनमा सबै जिल्लामा केबल इन्टरनेट प्रविधि पुर्‍याउने लक्ष्य लिएको छ ।

वार्षिकोत्सव कार्यक्रममा कम्पनीले नयाँनयाँ प्रविधि भित्र्याउँदै आगामी दिनमा पनि सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।