
आइओएम बचाऊ संघर्ष समति र आइओएमबीच ६ बुँदे सहमति भएसँगै ताला खोलिएको हो ।
सहमतिपत्रमा डीन नियुक्तिका कारण समस्यामा परेको आइओएम अब सबै पदाधिकारीहरुलाई मिलाएर लैजाने, अरु पदाधिकारी नियुक्तिमा छलफल गरी योग्य व्यक्तिलाईमात्र छान्ने उल्लेख छ ।
आइओएमको डीन नियुक्तिका लागि डा. रमेशकान्त अधिकारीको प्रतिवेदन छलफलमा ल्याएर परिमार्जनसहित आगामी डीन नियुक्ति प्रक्रिया पनि त्यसैअनुसार गरिने सहमति भएको छ ।
ताला खोलिएसँगै कार्यकक्षमै डीन डा. जगदीशप्रसाद अग्रवालले स्वास्थ्य सेवा सबैको पहुँच पुर्याउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मंसिर १ गतेदेखि सुरु हुनुपर्ने नयाँ शैक्षिकसत्र विभिन्न कारणले सुरु हुन नसकेका कारण अब पुस मसान्तसम्ममा भर्ना प्रक्रिया सुरु गराउने जानकारी दिए ।
सरकारले नै तोकेको ३५ लाख ५० हजार रुपैयाँभित्र नै पठन–पाठन गराउने व्यवस्था गरिने उनको भनाइ थियो ।
डा. गोविन्द केसीको पहलमा डीन नियुक्त भएका डा. अग्रवालको नियुक्तिप्रति आपत्ति जनाउँदै आइओएम बचाऊ संघर्ष समितिले कार्यालयमा तालाबन्दी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्