
जिल्लाका अधिकांश गाविसका उपस्वास्थ्य, स्वास्थ्य चौकीमा अहिले औषधिको अभाव भएको कार्यालयमा कार्यरत कर्मचारी बताउँछन् ।
ग्रामिण भेगका स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधि निःशुल्क रुपमा विरामीलाई वितरण गरिनुपर्ने भएपनि अहिले ती स्वास्थ्य संस्थामा ६ प्रकारका औषधि पनि पर्याप्त नभएको सराङडाँडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बस्नेत बताउँछन् ।
यस्तै जिल्लाको स्वास्थ्य संस्थाहरुमा ३ सय १७ जनाको दरबन्दी रहेपनि सो अनुसार जनशक्ति नरहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरु पियन र अहेवको भरमा संचालन भइरहेको सेवाग्राही बताउँछन् ।
जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर पवनकुमार शाहले टेन्डर प्रक्रियाको कारण औषधि ल्याउन ढिलाई भएको भन्दै अबको एक हप्ताभित्र आइसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्