
अरनिको राजमार्गखन्डअन्तर्गत् सडकको दायाँबायाँ सन्चालित रेस्टुराँ, गेस्टहाउस र क्याफेमा व्यापकरुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्टहाउसमा साँझ छापा मारेको थियो ।
जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेनहोम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सन्चालकसहित ६ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्