१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


कल बाइपास गर्ने गिरोह पक्राउ


0
Shares

सार्वजनिक गरिएकामा भारतको बहराइचका सब्बु भनिने एहतिसाम अहमद, गुलरिया नगरपालिका–८ बस्ने सन्दीपकुमार खड्का र कालिका गाउँ विकास समिति–६ मा दहित ट्रेडर्स सन्चालन गरी बस्ने चुल्लुराम चौधरी छन् ।

उनीहरुले बर्दियाको सदरमुकाम गुलरियामा रहेर लामो समयदेखि अनधिकृतरुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरु साथबाट एनसेलको सिम ६ ओटा, नमस्तेको सिम ३ ओटा, ३२ पोर्टको कलवाइपासका लागि प्रयोग गरिने उपकरण, डेक्सटप कम्प्युटर, तारलगायतका विद्युतीय बन्दोबस्तीका सामानसमेत बरामद गरिएको प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

कल बाइपासबाट नेपाल दुरसञ्चार सेवा प्रदायकलाई २ करोड १८ लाख ९६ हजार रुपैयाँ नोक्सानी भएको प्रहरीले जनाएको छ ।