
पक्राउ परेका नेकपा माओवादीका विद्यार्थी नेताहरु प्रकाश शाही र चन्द्रबहादुर बुढालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरिदिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत् प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
शाही र बुढाले अख्तियारका निलम्बित प्रमुख कार्कीमाथि विहीबार सर्वोच्च अदालतमा कालोमोसो दल्दै मुक्का प्रहार गरेका थिए ।
शुक्रबारै कार्कीले एक विज्ञप्तिमार्फत् आफूलाई दुर्व्यवहार गर्ने दुई युवालाई कुनै कारबाही नगरी रिहा गरिदिन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्