८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘उर्वसी’ले रक सरस्वतीलाई स्टेजमा व्यस्त बनायो : गायिका लामा


0
Shares

पहिलो एल्बम ‘उत्तर – पूर्व ‘को सफलताबाट उत्साहित बनेकी गायिका  सरस्वती लामाले दोस्रो एल्बम ‘उर्वसी’ बजारमा ल्याएकीछिन । गीत लेखन , संगीत , गायनसंगै मोडलिङ्गमा समेत सफल देखिएकी लामासंग नयाँ एल्बम ‘उर्वसी’माथि  छोटो वार्ता गरेका थियौँ । प्रस्तुत छ – उक्त वार्ताको छोटो अंश :
तपाईको दोस्रो एल्बम कस्तो एल्बम हो ?
मेरो पहिलो एल्बम युवा संगीत पारिखीलाई केन्द्रमा राखेर सार्वजनिक गरेको थिए । दोस्रो एल्बममा मैले  हरेक उमेर समुह र संगीतका पारखीलाई केन्द्रमा राखेर  बजारमा ल्याएकी छु । यो एल्बममा  आधुनिक , पप , क्लासिकल  रक र डान्स गीत समावेश गरेकी छु ।
यसरी सबै प्रकारका गीत गाउँदा स्रोताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
म पहिलो एल्बमबाट स्टेज कार्यक्रमहरुमा निकै व्यस्त हुन पुगे । मैले स्टेजमा जाँदा स्रोताको माग र भावना अनुसार गीत गाउने गरेको छु । अहिले सम्म मैले जुन शैलीका गीत गाए पनि स्रोताले निकै रुचाइदिनु भएको छ । म सबै प्रकारका गीत गाउन सक्छु भन्ने आँट पलाएको छ ।

त्यसो हो भने,  तपाईको बजार भाउ पनि बढे होला ?
एउटा कलाकार व्यस्त हुनासाथ त्यसको मूल्य पनि बढ्नु स्वाभाविक नै हो । मैले यति नै पैसा चाहिन्छ अहिले सम्म भनेकी छैन । तर   स्रोताले मन पराएका कारण अयोजकहरु मलाई पैसा तिर्न डराएका छैनन् । अहिले मैले मासिक लाख भन्दा बढी स्टेज कार्यक्रम गरेरै कमाएको छु  ।
पहिलो र दोस्रो एल्बममा के भिन्नता छ  ?
पहिलो एल्बम मेरा लागि पनि पहिलो अनुभव थियो । त्यसमा सबै गीत मेरा थिए । संगीत मेरो थियो र आवाज पनि मेरै । म आफै मोडलिङ्ग गरेकी थिए । भिडियोको पनि मैले नै निर्देशन गरेको थिए । यस पटक मैले गीतकारहरु कृष्ण केसी , नरेश भट्टराई , भीम राई , बसन्त सापकोटा र डिम्पल लिम्बुका गीत गाएकी छु । यी गीतहरुमा शान्तिराम राई, बसन्त सापकोटा , हरि लम्साल र स्पन्दन सोराहाङ् राईले  संगीत दिनुभएको छ । यस पालि मैले गाउनमा धेरै मेहनत गरेकी छु  ।
प्रारम्भिक प्रतिक्रिया कस्तो आएको छ ?
मैले क्लासिकल रक गीतमा भिडियो बनाएँ । सामान्यतया भिडियो बनाएको गीत बढी चल्ने गर्छ तर मेरो रक पप मा गाएको डान्सिङ सङ्गले बजार पाएको छ । धेरैले मन पराएका छन् ।  उर्वसीले रक सरस्वतीलाई स्टेजमा व्यस्त  बनायो ।
तपाई त मोडलिङ्ग पनि आफै गर्नु हुन्छ ,मोडलिङ्ग र गायनमा कता बढी रमाउँदै हुनुहुन्छ ?
म शास्त्रीय संगीतको विद्यार्थी हुँ । साश्त्रीय संगीतबाट आउनेहरु गीतसंगीतलाई अत्यन्तै सम्मान र प्रेम गर्छन । म पनि गीत संगीतलाई सम्मान र प्रेम गर्छु । यसरकारण मेरो लगाव गाउनुमा बढी छ । मोड्लिङ्ग त मेरो रहर मात्र हो ।
आजकाल त म्यूजिक भिडियोमा पनि अङ्ग प्रदर्शन गर्ने चलन छ ?
समाज अब धेरै खुलिसकेको छ । बजार तताउने दृश्य त दिनै पर्यो । यो सामान्य हो ।