
पक्राउ गरिएकाहरु स्थानीय खैरेनीबजारका युवा रहेको जनाइएपनि उनीहरुको नाम खुलाइएको छैन ।
देवदह, खैरेनीबाट शंकास्पद तीनजनालाई पक्राउ गरिएको र उनीहरुलाई सोधपुछ गरेपछि घटनाबारे केही खुल्नसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
प्रहरीले उनीहरुलाई पक्राउ गर्नुअघि देवदहनजिकैको कान्छीबजारबाट बेवारिसे अवस्थामा एउटा मोटरसाइकल पनि बरामद गरेको थियो ।
युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको सोमबार देवदहमा भएको गोली प्रहारबाट हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्