
फाइल फोटो
गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा मंगलबार चार सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी गराए ।
उनले समितिले घटनाको छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउने बताए ।
उनले बुधबारदेखि नै समितिले काम गर्ने जानकारी गराए । प्रवक्ता पन्थीका अनुसार समितिका अरु सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी रहेका छन् ।
उनले गोली प्रहार गर्नेको खोजी भइरहेको भन्दै पक्राउ गर्नका लागि विभिन्न नाका र सीमावर्ती क्षेत्रमा विशेष अभियान सन्चालन गरिएको जानकारी गराए ।
युवा संघले मंगलबार गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर समिति गठन नगरे नेपाल बन्दजस्ता आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
सोमबार तिवारीलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानेका थिए र तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्