
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेका अभियुक्तहरुमा भद्रपुर–२ का सुकनन्द लिम्बू, विशाल योङहाङ र कालु भनिने किरण लिम्बू रहेका छन् ।
मंसिर २७ गते झापाको जलथलस्थित रणकाली सामुदायिक वनमा घाँस–दाउराका लागि गएका चार महिलामध्ये जलथल–३ की अनिता मेचेको सिकारीले हानेको गोली लागेर मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको झापाका प्रहरी प्रमुख एसपी शैलेश थापाले बताए ।
प्रहरीले उनीहरुबाट एकथान भरुवा बन्दुक र एकथान खुकुरी बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्