
घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो ।
रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजेतिर तिवारीमाथि गोली प्रहार भएको थियो ।
रातो पल्सर मोटरसाइकलमा आएका दुईजनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
त्यसलगत्तै नजिकैको देवदह मेडिकल कलेजमा पुर्याइएकोमा उपचारका क्रममा उनको निधन भएको थियो ।
तिवारीको गोली हानी हत्या भएको विरोधमा मंगलबार लुम्बिनी अञ्चल बन्द आह्वान गरिएको छ ।
युवा संघले गरेको बन्द आह्वानले लुम्बिनी अञ्चलका ६ ओटै जिल्ला प्रभावित भएका छन् ।
बुटवल, भैरहवालगायतका प्रमुख सहरहरुमा युवा संघका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्