८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सैफ–करिनालाई पुत्रलाभ


0
Shares

मंगलबार बिहान करिनाले छोरालाई जन्म दिएकी हुन् ।

सैफ र करिनाले चार वर्षअघि विवाह गरेका थिए ।

भारतीय संचारमाध्यमका अनुसार बिहान स्थानीय समय अनुसार ७ः३० बजे करिनाले मुम्बईको ब्रीच केन्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

सैफले आमा र छोरा दुवैको स्वास्थ्यअवस्था राम्रो रहेको जनाएका छन् । उनले छोराको नामाकरणसमेत तैमुर खान अली पटौदीका रुपमा गरेका छन् । उनले भने, ‘म आफ्नो छोरा तैमुल खान अली पटौदीको खबर तपाईहरुसँग बाँड्न पाउँदा खुशी छु ।’

सैफको भने यो तेस्रो सन्तान हो । यसअघि पहिलो पत्नी अमृताबाट उनको एक छोरी र एक छोरा छन् । अमृतासँग सम्बन्ध विच्छेदपछि सैफले करिनासँग विवाह गरेका हुन् ।