Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


सिकारीको गोली लागेर एकजनाको मृत्यु


0
Shares

रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

घरदेखि करिब पाँच किलोमिटरको दूरीमा लुकीछिपी चोरी सिकारी गर्ने गाउँकै करिब १५÷१६ जनाको समूह संलग्न रहेको इप्रका रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाले बताए ।

गोली लागेर घाइते भएपछि उपचारार्थ अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए । घटनामा संलग्न रहेको अनुमानमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए ।

पक्राउ परेका व्यक्तिको प्रारम्भिक बयानका आधारमा मृतक ढुङ्गामा अल्झिएर लडेपछि आफैँले बोकेको हतियार पड्केर लागेको प्रहरी निरीक्षक रानाले बताए ।

घटनास्थल गाउँबाट टाढा रहेको र सवारीसमेत पुग्न नसक्ने भएकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस)