संघीय गणतन्त्रमाथि बारम्बार प्रहार : यादव

news

शिवहरि भट्टराई (इमेज)

राजविराज, असार २३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकमा आएको परिवर्तन अधुरो र अपूर्ण रहेको बताएका छन् ।

शनिबार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले चाहेको परिवर्तन अझै पूरा हुन नसकेको बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले संघीयता कार्यान्वयनका लागि विभिन्न कार्यहरु भइरहँदा संघीय गणतन्त्रमाथि बारम्बार प्रहार भइरहेको जिकिर गरे ।

उनले संघीय गणतन्त्र नेपालमा जे–जति परिवर्तन भएको छ, त्यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘अधुरो र अपूर्ण परिवर्तन’लाई पूरा गर्नका लागि आफूहरुको राजनीतिक लडाइँ पनि जारी नै रहने उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...