७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा


0
Shares

काठमाडौं, मंसिर ३० । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई सेवा ल्याएको छ ।

साप्ताहिक रोमिङ डेटा प्याकअन्तर्गत् एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रतिएमबीसम्मको न्यून शुल्कमा डेटाको मज्जा लिनसक्ने कम्पनीले जनाएको छ ।

ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ ।

यहि पुस १ गते शुक्रबारदेखि लागू गरिएको ‘साप्ताहिक रोमिङ डेटा प्याक’अन्तर्गत् ग्राहकले रु १५०० मा २५० एमबी डेटा र रु ५००० मा १ जीबी डेटा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।