१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


२० दिनदेखि हराइरहेका बालकको अपहरणपछि हत्या भएको खुलासा


0
Shares

शिवहरि भट्टराई (इमेज)
सप्तरी, मंसिर ३० । सप्तरीमा २० दिनदेखि हराइरहेका ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको खुलासा भएको छ ।

पश्चिमी हरिपुर–३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणपछि हत्या भएको हो । बालकको शव विहीबार शौचालयको सेफ्टीट्यांकीमा भेटिएको छ ।

अपरहण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चुडामणि ठाकुर, रामबाबु गुप्ता साह र कपिलदेव दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

छिमेकी चुडामणि ठाकुरले बालक दुर्गानन्दलाई ‘खरायो देखाइदिने’ भन्दै अपहरण गरी आफनो घर लगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ठाकुरले अन्य सहयोगीसहित बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरी छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टीट्यांकीमा लुकाएका थिए ।

कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी अपहरण र हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।