
प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज)
काठमाडौं, मंसिर ३० । सरकारले तोकेको मापदन्डभन्दा बढी ‘लेट’ अर्थात् सिसा मिसिएका रङ बजारमा बिक्री–वितरण हुने गरेको छ । जसका कारण बालबालिकाको रगतमा सिसा भेटिन थालेको छ ।
यदि तपाइँले घरलाई राम्रो बनाउन रङ खरिद गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् ! तपाइँले खरिद गर्नुभएको रङमा सरकारी मापदन्डभन्दा बढी लेट पनि मिसिएको हुनसक्छ ।
हाल बजारमा मापदन्डभन्दा बढी लेट मिसिएका रङ बिक्री–वितरण भइरहेका छन् । जसका कारण बालबालिकाको रगतमा सिसा देखिन थालेको छ । ९० पीपीएमभन्दा बढी लेट मिसिएको रङका कारण बालबालिका जोखिममा परेका छन् ।
घर, विद्यालय, ठूला–ठूला भवनलाई राम्रो देखाउन लगाइएका विभिन्न थरि रङका कारण काठमाडौंका ६४ प्रतिशत बालबालिकाको रगतमा सिसा भेटिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौं, भक्तपुर र ललितपुरमा गरेको अध्ययनबाट यो तथ्यांक सार्वजनिक भएको हो ।
६ महिनादेखि ३६ हप्तासम्मका बालबालिकालाई लिएर गरिएको अध्ययनमा ६४ प्रतिशत बालबालिकोको शरीरमा ५ माइक्रोग्राम पर डेसिलेटरभन्दा बढी लेट रहेको अध्ययनले देखाएको छ ।
शरीरमा लेट देखिनुको मुख्य कारण भने घरमा लगाइने रङ र बच्चाले खेलाउने खेलौना नै हुने गरेको देखिएको छ ।
सरकारले ९० पीपीएमभन्दा कम लेट मिसिएका रङ बिक्री–वितरण गर्न पाउने मापदन्ड बनाएको छ ।
तर, अन्तर्राष्ट्रियस्तरमा बिक्री–वितरण गर्न रोक लगाएका रङ पनि नेपाली बजारमा सहजै बिक्री भइरहेको स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्