
काठमाडौं । कुशल नृत्यांगना बन्ने सोच लिएर पूर्वी नेपालको ओखालढुंगाबाट काठमाडौं आउँदा रश्ना पौडेलको यात्रा अन्तै मोडियो । तत्कालीन समयमा समय र परिस्थितिले उनलाई सांगीतिक क्षेत्र होइन पर्यटन क्षेत्रतर्फ डोहोर्यायो ।
झण्डै डेढ दशकसम्म नेपालको पर्यटन क्षेत्रमा होमिएर आफूलाई सफल महिला पर्यटन व्यवसायीको रुपमा स्थापित गराउँदै गर्दा रश्नामा कुशल नृत्यंगना बन्ने रहर सेलाएको थिएन ।
तर समय र कामको चापका कारण उनले यो रहरलाई रहरमै सिमित राख्ने गरेकी थिइन । इच्छा शक्ति हुने हो भने जस्तोसुकै काममा पनि सफलता पाउन सकिन्छ भने जस्तै पर्यटन क्षेत्रमा लागेर आफूलाई सफल महिला पर्यटन उद्यमीका रुपमा स्थापित पौडेलले आफ्नो पाईला पछिल्लो करिब डेढ वर्ष यता नेपालको सांगीतिक क्षेत्रमा अघि बढाएकी छिन् ।
अहिलेसम्म पौडेलले अभिनय गरेका आधादर्जन बढी सांगीतिक एल्बमहरु बजारमा आइसकेका छन् । बरिष्ठ गायक उदय तथा मनिला सोताङ्गको स्वरमा रहेको ‘तिम्रो मिठो मुस्कान भन्दा’ नामक पहिलो एल्बमले नै उनको अभिनय (मोडलिङ) यात्रालाई सफलताको शिखरमा पुर्याएको छ ।
त्यसपछिका ‘जुनेली रात’, ‘तिम्रो जोवन’ लगायतका एल्बमहरुमा पनि पौडेलको कुशल अभिनय देख्न सकिन्छ । विगतमा काठमाडौंलगायत देशका विभिन्न पर्यटकीय क्षेत्रको पर्यटकीय नक्सा उतार्ने (सिटि म्याप) व्यवसायमा संलग्न पौडेलले अहिले त्यसबाट बँचेको समय सांगीतिक क्षेत्रलाई दिन थालेकी छन् ।
त्यसैले त उनलाई अहिले सांगीतिक दुनियाँ प्यारो लाग्न थालेको छ । आफूलाई एक कुशल मोडलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ उनी अहिले आफ्नो अभिनयलाई निखार दिन लागि परेकी छन् ।
नेपालको सांगीतिक क्षेत्रमा दिनहुँ दर्जनौं नवकलाकारहरुको प्रवेश भैरहेका बेला पौडेल भने अरु भन्दा पृथक तथा दर्शकको आँखामा बस्नसक्ने बन्नका लागि सक्दो मेहनत गरिरहेको बताउँछिन् ।
त्यसका लागि अरु भन्दा पृथक ढंगको अभिनय गर्ने खुवी आफूसँग हुनुपर्ने उनी बताउँछिन् । त्यसो त चर्चा कमाउने नाममा समाजलाई अपाच्य हुने गरी अभिनय गर्ने सोचमा आफू नरहेको उनको धारणा छ ।
संगीत समाजलाई सहि बाटोमा हिंडाउने एउटा महत्वपूर्ण माध्यम समेत भएकोले सामाजिक मूल्य र मान्यता विपरित आफू कहिल्यै अघि नबढ्ने उनको प्रण छ ।
उनले अभिनय गरेको म्युजिक भिडियो यतिबेला सामाजिक सञ्जाल तथा युट्युबमा निकै भाइरल बन्दै गएका छन । त्यसो रश्नाले जे भने पनि म्युजिक भिडियोमा रश्नाले सलिन ढंगबाट आफना यौवनलाई प्रस्तुत गरेकी छिन ।
मौसम मधुरको स्वरमा रहेको ‘तिम्रो जस्तो जोवान‘ बोलको गीतमा पनि रश्नाका अभिनयको तारिफ गरिएको छ । जसले रश्नालाई आउँदा एल्बममा थप नयाँ केही गरौं भन्ने भावनको विकास गराईदिएको छ ।
प्रतिक्रिया दिनुहोस्