७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल ह्याकरको सिकार


0
Shares

काठमाडौं, मंसिर ३० । याहूले आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल एकाउन्टबाट ह्याकरले महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको छ ।

सन् २०१३ यता ह्याकरले आफ्ना १ अर्बभन्दा धेरै प्रयोगकर्ताको ईमेलबाट महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको हो ।

ह्याकरले प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड र ईमेल ठेगाना चोरी गरेका हुन् । तर बैंक तथा भुक्तानी डाडा भने चोरी नभएको याहूले जनाएको छ ।

सन् २०१४ मा मात्रै ५० करोड एकाउन्ट ह्याकरको सिकार बनेको साहूको भनाइ छ ।

ह्याकरबाट आफ्ना जानकारी सुरक्षित राख्नका लागि प्रयोगकर्ताले आफ्नो पासवर्ड तथा सेक्युरिटी प्रश्न परिवर्तन गर्नुपर्ने याहूले जनाएको छ ।