१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


नयाँबस्ती घटनाः लामाको हत्या भएको खुलासा, यसो भन्छ प्रहरी


0
Shares

काठमाडौं, मंसिर २९ । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा अत्याधिक मदिरा सेवन गरी मुत्यु भएको भनिएका ट्याक्सीचालक राजकुमार लामाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको भन्दै माया तामाङ, संगीता राई (थिङ), मागधन राई, अरुण माझी र दिया माझीलाई सार्वजनिक गरेको छ ।

दोलखा घर भएका राजकुमार लामा बौद्धमा बस्दै आएका थिए । प्रहरीले गरेको अनुसन्धानअनुसार मृत्यु भएको दिन राजकुमार लामाले संगीता लामाले सन्चालन गरेको हेलम्बु रेस्टुरेन्टमा बसेर मदिरा सेवन गरेका थिए ।

त्यसपछि लामा माया तामाङलाई लिएर दोहोरीसाँझ जान भनेर हिँडेका थिए तर ट्याक्सी खाल्टोमा फसेपछि उनीहरु पुन हेलम्बु रेस्टुरेन्टमै फर्किएका थिए ।

रेस्टुरेन्टमा फर्केपश्चात माया तामाङ र राजकुमार लामाबीच यौनसम्पर्कसमेत भएको थियो ।

त्यसपछि उनीहरुबीच झगडा सुरु भएको र संगीताका भाइ मागधन राईले इँटाले राजकुमारको टाउकोमा हानेपछि उनी ढलेको प्रहरीले जनाएको छ ।

लगत्तै अस्पताल पुर्‍याइएका लामालाई त्यतिखेरै मृत घोषणा गरिएको थियो ।

स्थानीयवासिन्दाले भने प्रहरीले लामाको हत्या गरेको भन्दै प्रदर्शन र प्रहरीचौकीमा आगजनीसमेत गरेका थिए ।

भिडियो हेर्नुहोस्