९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मिर्गौलापीडित पत्रकार थपलियाको उपचारका लागि नाटोजले दियो ४७ हजार सहयोग


0
Shares

काठमाडौं, मंसिर २९ । दुबै मिर्गौलाले काम गर्न छाडेको तथा मुखको क्यान्सर भइ राजधानीको त्रिवि शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचाररत् वरिष्ठ पत्रकार पुष्प थपलियालाई पर्यटन पत्रकारहरुले बुधबार ४७ हजार रुपैयाँ उपचार खर्च प्रदान गरेका छन् ।

पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले सो रकम बराबरको चेक थपलियाकी धर्मपत्नी गीता थपलियालाई हस्तान्तरण गरेको हो ।

त्यसक्रममा उनलाई ‘लाइफ टाइम टुरिजम पर्सनालिटी अवार्ड’समेत प्रदान गरिएको थियो ।

विगत २ दशकदेखि नेपालको पर्यटन पत्रकारिताको विकास र विस्तारमा क्रियाशील थपलिया केही समययता विभिन्न रोगबाट पीडित भइ शिक्षण अस्पतालको अतिसघनकक्षमा उपचाररत् छन् ।

उनको स्वस्थ्य अवस्था गम्भीर बन्दै गएको छ । रकम हस्तान्तर कार्यक्रममा नाटोजका अध्यक्ष शिव अधिकारी, रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला, पर्यटन व्यवसायीहरु दीपक महत, छेडुप तामाङलगायत पर्यटन पत्रकारहरुको सहभागिता रहेको थियो ।