१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


१७ लाखको लागूऔषधसहित ५ जना पक्राउ


0
Shares

काठमाडौं, मंसिर २७ । १७ लाख मूल्य बराबरको प्रतिबन्धित औषधिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको स्वयम्भूबाट सुनिता परियार, चाबहिल–मैजुबहालबाट अनुप बराइली र आदर्श तामाङ, कोटेश्वरबाट विष्णु रणपहेली र बौद्धबाट विजय तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागू तथा मनोद्दिपकपदार्थ डाइजेपाम, बुप्रेनर्फिन र फेनार्गन गरी ३१८० एम्पुल बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जले यही मंसिर २३ गते बाराका केशव महतो र राजेश दासलाई पक्राउ गरेपछि बयानका आधारमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।