८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नायिक रेखा थापा राप्रपामा प्रवेश गर्दै भनिन्ः ‘मेरो अन्तिम पार्टी यही हो’


0
Shares

काठमाडौं, मंसिर २७ । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सक्रिय राजनीतिमा आएको बताएकी छिन् ।

सोमबार राप्रपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका थापाले कुनै स्वार्थ र लोभमा परेर राप्रपा प्रवेश गरेको नभइ हिन्दु नारी भएकाले एकिकृत भएको पार्टीमा सक्रिय हुन चाहेको बताइन् ।

‘म हरेक दिन, हरेक पर्वमा हिन्दु धर्म अनुसार पूजा आरधना गर्छु, मेरो संस्कार र मेरो धर्मलाई आत्मसाथ गर्छु, त्यस्तो हिन्दु संस्कारलाई राप्रपाले मात्र संरक्षण गर्न सक्छ जस्तो लाग्छ,’उनले भनिन,‘मेरो जीवनको अन्तिम पार्टी पनि राप्रपा नै हो ।’

हिन्दु धर्म र राष्ट्रियताको संरक्षण राप्रपाले मात्र गर्न सक्ने भएकाले देश र जनताका पक्षमा लड्न पार्टीमा सक्रिय हुन चाहेको बताइन् । नायिका थापा यसअघि नेकपा माओवादी (केन्द्र)मा आस्था राख्दै आएकी थिइन् ।

केही दिन अघि मात्रै पार्टी प्रवेश गरेकी गायिका कोमल वलीले फेसबुकमा थापासँगको संयुक्त तस्बिर राख्दै नायिका थापा माओवादी नै हुन् भन्ने आशंकामा रहेकाहरुलाई चकित पारीदिएकी थिइन् । जुन तस्विर सामाजिक संजालमा औधी हिट पनि भएको थियो ।

नायिका थापा राप्रपामा प्रवेश गर्दा पार्टीका शिर्ष नेताहरुले माला पहिरयाइदिएका थिए । उनले आफ्ना चलचित्रहरुमा पनि नारी, राष्ट्रियता र हिन्दु धर्मको आवाज उठाउँदै आएको बताइन् ।

उनले आफ्नो मन्तब्य निजी फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण समेत गरेकी थिइन् ।