१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चार बुँदे सहमतिपछि १८ दिनदेखिको तिवारीको अनशन तोडियो


0
Shares

सप्तरी, मंसिर २५ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माँग राखी विगत १८ दिनदेखि आमरण अनशनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले शनिबार अनशन तोडेका छन् ।

अध्यक्ष तिवारी र स्वास्थ्यमन्त्री गगन थापाबीच चार बुँदे सहमति भएपछि उनले अनशन तोडेका हुन् ।

मन्त्री थापाले सगरमाथा अञ्चल अस्पताल हाताभित्र अनशनमा बसेका अध्यक्ष तिवारीलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

मन्त्री थापा र अध्यक्ष तिवारीबीच छलफल भइ दुबै पक्षबाट चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको र त्यो सहमति भएका विषय पूरा गर्ने प्रतिबद्धता जनाएपछि अध्यक्ष तिवारीले अनशन तोडेको सो पार्टीले जनाएको छ ।

एक महिनाभित्र अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने र उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्नेलगायतका विषयमा दुबै पक्षबीच सहमति भएको जनाइएको छ । रासस