
काठमाडौं, मंसिर २४ । कलाकार ध्यान पसिकले बनाएका भगवान गौतम बुद्धसँग सम्बन्धित चित्रहरुको प्रदर्शनी शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
नेपाल कला परिषदमा शुक्रबार संस्कृतिमन्त्री जीवनबहादुर शाही र भारतीय राजदूत रणजित रायले चित्रकला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
सात दिनसम्म चल्ने प्रदर्शनीमा एक्रोलिक माध्यमबाट बनाइएका चार दर्जनभन्दा बढी चित्रकलाहरु राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्