
फाइल फोटो
भक्तपुर, मंसिर २४ । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालकोरुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
शुक्रबार भक्तपुर अस्पतालको निरीक्षणमा पुगेका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीलगायतका प्रशासन शाखाका कर्मचारीलाई अस्पतालका सेवाहरूमा सुधार गर्न निर्देशन दिएका हुन् ।
मन्त्री थापाले अस्पताललाई सेवा विस्तार गर्न, अस्पतालको सेवामा सुधार गर्न आवश्यक प्रविधि ल्याउन र जडान गर्नलगायत अत्यावश्यक कार्यका लागि मन्त्रालयले सहयोग गर्ने बताए ।
उनले अस्पताल व्यवस्थापन समितिका नयाँ अध्यक्ष तीन दिनभित्र पठाएर यस अस्पताललाई नमुना अस्पतालकोरुपमा विकास गर्न आफू तयार रहेकाले त्यहीअनुसार लाग्न उनले निर्देशन दिए । रासस
प्रतिक्रिया दिनुहोस्