
मेलवर्न, मंसिर २४ । सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाब, चिन्ता र खुसीबीचको सम्बन्धकाबारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो ।
युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक–अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाब कम गराएको हुनसक्ने निश्कर्ष निकालिएको छ ।
नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्षरुपमा वार्ता गर्न नसक्नेका लागि पनि सामाजिक सञ्जालले राम्रो गरेको जनाइएको छ ।
‘सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरुमात्रै आउँदैनन्, त्यहाँ आफूलाई मन परेका, रमाइलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनोट गर्न पाइने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने देखिन्छ’–यस अध्ययनको नेतृत्व गर्ने मेलवर्न युनिभर्सिटीका पेग्गी केर्नद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।
‘सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको अन्तरसम्बन्ध बुझ्नेक्रममा सामाजिक सञ्जालहरुको प्रयोगलाई कसरी राम्रो बनाउने र यसले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्ला भन्नेबारेमा पनि अध्ययन गरिएको छ’–केर्नेले जानकारी दिए ।
मोनास युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजावेथ सिब्रुकले सामाजिक सञ्जालको प्रयोग भविश्यमा कस्तो होला र यसले मानिसको मानसिक स्वास्थ्य र समाजमा के–कस्तो प्रभाव पार्ला भन्ने बुझ्नका लागि अध्ययन गरिएको बताए । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्