
काठमाडौं, मंसिर २२ । विश्वमा अझै चार अर्ब मानिस इन्टरनेटको पहुँचमा नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसरी इन्टरनेटको पहुँच बाहिर रहनेमा विकासशील मुलुकका नागरिक बढी छन् । यी देशका ६६ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका हुन् ।
संयुक्त राष्ट्रसंघीय इन्टरनेट गभर्नेन्स फोरम आइजिएफले इन्टरनेटको पहुँचमा रहेका मानिसको प्रयोग र सेवालाई प्रभावकारी बनाउनु र पहुँचमै नरहेकासम्म इन्टरनेट सेवा दिनु अहिलेको चुनौती रहेको जनाएको छ ।
इन्टरनेटको पहुँचका कारण सामाजिक सेवा तथा विकासमा सहयोग पुग्ने भएपनि सही प्रयोग हुन नसक्दा सामाजिक अपराध बढ्ने खतरा पनि राष्ट्रसंघले औल्याएको छ ।
इन्टरनेटका कारण पनि समाजमा आउनसक्ने विभाजन व्यवस्थापनका लागि सबैसम्म यसको पहुँच पुर्याउने र प्रयोगलाई व्यवस्थित गर्नु पर्ने राष्ट्रसंघको भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्