१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चरेस किनबेच गरिरहेको अवस्थामा दुईजना पक्राउ


0
Shares

जाजरकोट, मंसिर २० । प्रहरीले सात किलो चरेस किनबेच गर्दागर्दै दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई आइतबार पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट रु ७९ हजारसमेत बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ । (रासस)