
दाङ, मंसिर १९ । आइतबार साँझ गोली प्रहार गरी दाङमा एक महिलाको हत्या भएको छ ।
दाङको त्रिपुर–३ निवासी विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताव सिंहले बताए ।
साँझ ५ः३० बजेको समयमा पूर्णा थापाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त थापा फरार रहेको जनाइएको छ ।
प्रहरीले उनको खोजी कार्य भइरहेको बताएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्