९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


१२ बुँदे सहमति गर्दै डा. गोविन्द केसीले तोडे २२ दिन लामो अनशन


0
Shares

काठमाडौं, मंसिर १९ । स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्र सुधारका लागि दशौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

सरकारले १२ बुँदे सहमति गरेपछि डा. केसीले २२ दिन लामो आमरण अनशन तोडेका हुन् । सहमति पत्रमा हस्ताक्षरपछि डा. केसीले भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै अनशन तोडेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्तिलगायत दश बुँदे माग राखेर डा. केसीले अनशनमा थिए ।

केसीले उठाएका माग समेट्ने गरी सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति गरिएको छ ।

डा. केसीको माग सम्बोधनका लागि यसअघि नियुक्त डिन डा. केपी सिंहले राजीनामा दिनु भएको छ भने नयाँ डिनमा डा. जगदिशप्रसाद अग्रवाल नियुक्त भइसकेका छन् ।

सहमति अनुसार अब चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याइो छैन ।

त्रिवि उपकुलपतिको बर्खास्तगीसम्बन्धि मागमा भने अध्ययन गरी सुझाव दिन त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिरका लागि ४२ लाख तोकिएको छ ।