८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


स्वरसम्राट नारायण गोपालको स्मृति दिवस मनाईंदै, यी हुन उनका केही चर्चित गीत


0
Shares

काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आज(आइतबार) विभिन्न कार्यक्रम गरी मनाइंदै छ ।

नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७ साल मंसीर १९ गते ५१ वर्षकै उमेरमा निधन भएको थियो ।

संगीतका हरेक विधाका गीतमा दिएको अद्भूत स्वरका कारण नारायण गोपाल नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक सफल गायक सावित भएका छन् ।

वि स १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले २० वर्षे उमेरदेखि सुरु गरेको औपचारिक गायन यात्रामा स्वर्गकी ‘रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो जोवन जान लाग्यो’, ‘प्रियसीका यादहरु’, ‘एउटा मान्छेको मायाले’, ‘म त लाली गुराँस भएछु’, ‘तिम्रो जस्तो मुटु मेरा पनि’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’, ‘मेरो आँखालाई राख्ने’जस्ता सयौ कालजयी गीत गाएका छन् । नारायण गोपालले २०३६ सालमा साँस्कृतिक संस्थानको महाप्रबन्धकको जिम्मेवारी समेत निभाएका थिए ।

यसैबीच यस वर्षको नारायण गोपाल स्मृति सम्मान गायिकाद्वय ज्ञानु राणा र मीरा राणालाई प्रदान गरिने भएको छ ।

नेपाली गीत संगीतको विकासको क्षेत्रमा योगदान पुर्‍याएकाले उनीहरुलाई सम्मान गर्न लागिएको नारायण गोपाल संगीत कोषले जनाएको छ ।

नारायण गोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशिल गायक तथा संगीतकर्मीलाई नारायण गोपाल स्मृति दिवस मंसीर १९ को अवसर पारेर सम्मान गरिंदै आएको छ ।