७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रसाइँ दम्पतीलाई भारती खरेल स्मृति पुरस्कार


0
Shares

काठमाडौं, मंसिर १६ । यो वर्षको भारती खरेल स्मृति पुरस्कार साहित्यकार नरेन्द्रराज प्रसाइँ र श्रीमती इन्दिरा प्रसाइँलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

भारती खरेल प्रतिष्ठानले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

साहित्य साधिका भक्तिमती भारती खरेलको ७९औं जयन्तीको अवसर पारेर प्रदान गरिएको पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।