
काठमाडौं, मंसिर १६ । आमरण अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।
१९ दिनदेखि अनशनरत् डा. केसीको मुटुको चाल, छाती र मांसपेशीमा समस्य देखिएको उपचारमा संलग्न चिकित्सक डा. विद्या सिंहले जानकारी दिइन् ।
डा. केसीको माग सम्बोधन गर्न भन्दै सरकार र डा. केसी पक्षबीच लगातार वार्ता भएपनि कुनै सहमति जुट्न सकेको छैन ।
यसैबीच, केही सन्चारमाध्यमका सम्पादकहरुले विहीबार डा. केसीलाई भेटेर उनका मागहरुप्रति समर्थन जनाएका छन् ।
विभिन्न दैनिक र अनलाइन सन्चारमाध्यमका सम्पादकहरुले डा. केसीले उठाएका मागहरु आमजनताको पक्षमा रहेको भन्दै तत्काल माग पूरा गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनीहरुले डा. केसीलाई पनि आप्mनो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्