१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अपहरणकारीको चंगुलबाट उम्किए कुर्मी, सकुशल उद्धार


0
Shares

पर्सा, मंसिर १५ । अपहरणमा परेका ६५ वर्षीय रामऔतार कुर्मीलाई प्रहरीले बुधबार बिहान उद्धार गरेका छन् ।

चार दिनआगाडि पर्साको जिगना हरपुर गाविसबाट अपहरणमा परेका कुर्मीलाई प्रहरीले बिहान करिब ५ बजे पर्साको मधुवन मथवल गाविसको औराहा टोलबाट उद्धार गरेको हो ।

मंगलबार राति १ बजे अपहरणकारीको चंगुलबाट उम्केर औराहाटोलमा लुकेका कुर्मी प्रहरी सम्पर्कमा आएपछि उनलाई सकुशल उद्धार गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दप्रसाद साहले बताए ।

वीरगन्ज उपमहानगरपालिका–२७ रामगढवा निवासी कुर्मीलाई अहिले इलाका प्रहरी कार्यालय एक टागामा राखेर आवश्यक सोधपुछ गरिरहेको उनले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

अपहरणकारीले बिरुवागुठी वन क्षेत्रमा बन्धक बनाइराखेकोबेला कुर्मी मंगलबार राति १ बजे उम्किन सफल भएको प्रहरीले जनाएको छ । रासस