१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चरेससहित महिला समातिइन्


0
Shares

जाजरकोट, मंसिर १४ । चार किलो पाँच सय ग्राम चरेससहित प्रहरीले मंगलबार बिहान एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट, खगेनकोट–१ की ४४ वर्षीया डम्बरी शाही रहेको प्रहरीले जनाएको छ ।

शाहीलाई भेरीमालिका–१ कालगाउँ हुँदै भेरी नदीको साँघु तरेर रुकुम जान लागेको अवस्थामा उक्त परिमाणको चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस