१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


औषधी पसलमै लुकीछिपी लागुऔषध बिक्री


0
Shares

बझाङ्, मङ्सिर १४ । निजी औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रुपमा लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

सदरमुकाम चैनपुरसँगै बिभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागुऔषध बिक्रीवितरण गरेको पाइएको हो ।

“औषधि पसलेले पसलबाट गोप्य रुपमा कसैलाई जानकारी नदिनू, चाहेको समयमा लिएर जानू भने गर्छन् । हामीले पनि महँगोमा आफूलाई चाहेको समयमा नशा लाग्ने खालका औषधि किनेर लिने गरेका छौँ ।” लत बसेका एक व्यतिmले भने, “भनौं भने साथीहरुले कुट्लान भने डर नभनौँ भने बानी सुधार्न खोेज्दा पनि सकिएन ।

सुरुमा प्रवेश गर्दा गाँजा खुवाए र पछि सुई दिने र चक्की खुवाउने गरे, यसैगरी दैनिक युवाको जमात बढ्दैछ तर कसैले पनि रोक्ने चासो देखाएका छैनन् ।”

यस्ता कुलतमा फसेका युवाले घरबाट मागेजति पैसा नपाएपछि गर्जो टार्न चोरीलगायत हिंसाजन्य कार्य गर्ने पनि पाइएको छ ।

यहाँका औषधि पसलमा फोटिम, ओपिडललगायत सात चक्की र सुईमा फिनरागन र डाइजेपामलगायतका पाँच किसिमका औषधि पाइन्छ, भने अन्य कतिपय त्यस्ता औषधि धनगढीबाट औषधि पसलेले आफै ल्याउने गर्दा पनि अनुगमन नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

जिल्ला अस्पतालका डा. विष्णु खतिवडाको भनाइ छ औषधिको गलत सेवनले कुलत बढेको हो । औषधि बिरामीका लागि बनाइएको भए पनि यसको गलत प्रयोगले विकृति फौलिएको उनी बताउँछन् ।

कुलतमा फसेका युवाले दैनिक चैनपुरका गल्लीमा राति चियो बस्ने गरेकामा चिन्ता व्यक्त गर्दै नेपाली काँगे्रसका युवा नेता ज्ञानबहादुर बोहरा भन्छन्, राष्ट्र बनाउने युवा यसरी कुलतमा फस्दै जाने हो भने जिल्लाकै अधोगति हुन्छ ।

उनी भन्छन् “ प्रशासनको कमजोरीले यस्तो भएको भएको हो, पहुँच भएकालाई राजनीतिक दबाबमा छोडिदिदा पनि विकृति बढेको हो ।”

बाहिरबाट आएका युुवा बढी सक्रीय भएकाले ग्रामीण क्षेत्रमा लागुऔषध, गाँजा, चक्की र सुईजस्ता नशालु प्रदार्थको बिगबिगी बढेको हो रासस