८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रगुनको स्वरमा भावुक बने प्रेमजोडी (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं । सुगम संगीतको क्षेत्रमा रगुन गुरुङको नाम नौलो होइन । पूर्वी नेपालका अधिकांश स्टेज सोहरुमा रगुनको उपस्थिति अनिबार्य मानिन्छ ।

थोरै तर सदावहार गीतमा स्वर दिएका रगुन अब म्यूजिक भिडियोमा पनि देखिएका छन् । इलामको फिक्कल, बरबोटेमा साँझ–विहान संगीत साधनामा व्यस्त गायक रगुन यसपाली भक्तपुरमा झुल्किए ।

भक्तपुरका रमणीय स्थानमा निर्देशक तथा गायक सन्तोस गुरुङको निर्देशनमा रगुनको ‘अल्झियौं, कडकियौं’ बोलको गीतलाई भिडियोमा उतारेका छन् ।

‘प्रियता’ एल्बममा समेटिएको उक्त गीतको भिडियोमा मोडल मोनिका र रन्जित श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । क्यानभासप्लस मल्टीमिडियाले उत्पादन गरेको म्युजिक भिडियो ज्ञारेन्द्र गोपालीले सम्पादन गरेका छन् ।

ragunnnn111

एसियन म्युजिकले बजारमा ल्याएको भिडियोलाई गीतमा रगुन गुरुङको स्वर, वृष प्रधानको म्युजिक रहेको छ भने भूवन ढुङगानाको शब्द छ ।

नविन के श्रेष्ठले छायांकन गरेको भिडियोलाई ‘ईमेज अवार्ड’ विजेता सन्तोस गुरुङले सम्मानयोग्य र उत्कृष्ट निर्देशन गरेका छन् ।

सधैं मन भित्र अडकिरहने प्रेमिकालाई प्रेमीले सम्झेको दृश्य, हाउभाउ, व्यवहारलाई भिडियोमा समेटिएको छ । गायक रगुनले भावना र रोमान्स मिसिएको मुद्रामा प्रस्तुती दिएका छन् ।