९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बालुवाटारमा गोविन्द केसीका समर्थकको धर्ना


0
Shares

काठमाडौं, मंसिर १० । आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न माग राखेर चिकित्सक र समर्थकहरुले प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएका छन् ।

डा. केसी दशौ पटक अनशन बसेको १३ दिन पुगिसक्दा पनि सरकारले वेवास्ता गरेको भन्दै चिकित्सकहरु सड्कमा उत्रिएका हुन् ।

उनीहरुले शिक्षा मन्त्री धनिराम पौडेल र त्रिभुवन विश्व विद्यालयका उपकुलपति तिर्थ खनियाको राजीनामा मागेका छन् ।

यता, आजैदेखि त्रिवि शिक्षण अस्पतालका सम्पुर्ण आवासीय चिकित्सकहरुले काम रोकेका छन् ।