
काठमाडौं, मंसिर १० । ईमेज च्यानलले आयोजना गर्ने ईमेज लोक कलाकार प्रतियोगताको मध्यमाञ्चल अडिसन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
अडिसनमा तारा थापा, रमेश बीजी र नविन खड्का निर्णायकको रुपमा रहेका छन् । । यसअघि पोखरा र धरानमा भएको अडिसनबाट ४५ जना छनोट भइसकेका छन् ।
ईमेज लोक कलाकारका विजतालाई १ लाख रुपैयाँसहित एउटा गीतको अडियो भिडियो समेत निर्माण गर्ने अवसर प्राप्त गर्नेछन् ।
उत्कृष्ट पाँच जनाको छनोट भइसकेपछि पब्लिक च्वाइस अवार्डमार्फत विजेता छनोट गरिने जनाइएको छ । काठमाडौ अडिसन भोली पनि संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्