
काठमाडौं । भइन्छ कि त गल्र्याम्म गुर्लुम्म
डुब्न मन छ मायामा चुर्लुम्म
सुन्तलाको बोटमा काँकरीको झाल
तिमी माछी म बन्छु माझी दाइ, पिरतीको खेलीमा हानिदिउँ कि जाल
ठेट शब्द, ठेट लय तर फरक बाजागाजा फरक गायकी पन, ठेट र आधुनिकताको संयोजन सुन्तलाको बोटमा काँकरीको झाल ।
यो हो गायिका मुना कुमालको लागि कृष्ण समीप सुवेदीले रचना गरेको पछिल्लो सिर्जना । जुन गीत अहिले चर्चाको शिखरमा पनि छ ।
हरेक दिन फरक गीत संगीत, फरक विषयवस्तु अनि सामाजिक परिवेशका कुरा जोड्दै ईमेज एफएमको ‘उकाली ओराली’मा प्रस्तोता बनेर आउने गर्छन् उनै गायक कृष्ण समीप ।
जहाँ उकाली ओराली कार्यक्रम मार्फत लाखौं स्रोताका मनमा बस्न सफल भइसकेका छन् । गीत संगीतमा लागेको झण्डै डेढ दशकको अवधिमा तीन सयभन्दा बढी गीतमा उनको संलग्नता छ ।
उनका सिरसिर बतास, मेरा आँखामा, जोर बत्ती पालैमा, कोरियाको चक्कर, सिमली छायाँले, डाले घाँस निगाले, मनको तीर्खा मेट्न, सामीप्य, कति राम्रो विहानीको घाम जस्ता चर्चित र सफल एल्वमहरु दिइसकेका छन् ।
‘सुन्तलाको बोट’मा पनि सफल हुनेमा उनी ढुक्क छन् । भिडियो सार्वजनिक हुनु अघि नै उनको यो गीत चर्चित भइसकेको छ ।
कृष्ण समीप भन्छन्- ‘जसरी राजनीतिमा भ्रष्टाचार मौलाएको छ, ठिक त्यसैगरी माया र प्रेममा पनि भ्रष्टाचार हुन्छ, अतः माया र प्रेम पनि मर्यादित, अनुसासित र सम्मानित हुनुपर्छ । अनि दुई मनको भावना गाढा हुनु पर्छ ।’
यो गीत सिर्जन बरालले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायाकंन गरेका हुन् भने लय। भिडियोमा सुनिल गुरुङ र पूजा ज्योतीले कम्मर मर्काएका छन् ।
बाल कलाकारको रुपमा विरासत सुवेदीले पहिलो पटक क्यामेरा फेस गरेका छन् । भिडियोमा दृश्य सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीतलाई राधिका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्