७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सगुनमा लगानी गर्न विश्वभरका लाखौं मानिस इच्छुक, नेपालीलाई बढी चासो


0
Shares

काठमाडौं । सामाजिक संजालको क्षेत्रमा उदाँउदै गरेको सगुनले आम सर्वसाधारणको लगानीलाई स्विकार्ने प्रक्रिया मिनी आइपिओ स्वीकृतको चरणमा रहेको सगुनको वेभसाइटमा उल्लेख गरिएको छ ।

सगुनको वेभसाइट www.sagoon.com/invest मा लगानीको लागि इच्छा प्रकट गर्न पाउने व्यवस्था गरेको हो। मिनी आइपिओ स्विकृत भएर आउनु अघी लगानीकर्ताहरुको इच्छा यसमा व्यापक देखिएको छ।

कम्पनीले सबैले देख्न मिल्ने गरि इच्छा व्यक्त गर्ने् लगानीकर्ताहरुको संख्या र रकम समेत सार्वजनिक गरेको छ ।

वेभसाइटमा इच्छा व्यक्त गर्न आह्वान गरेको केहि दिनमा नौ लाख डलर भन्दा बढी लगानी गर्न इच्छा व्यक्त भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरु यसमा लगानी गर्न इच्छुक देखिएको सगुन लगानी पेजमा देख्न सकिन्छ ।

सगुनले अमेरिकन संसोधित कानुन अनुसार सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा यसको रेगुलेसन ए प्लस अन्तर्गत सर्बसाधरणमा दायित्व हस्तान्तरणका लागि आवेदन दिएको र अन्तिम स्वीकृतिको पर्खिरहेको छ।

उसले आफ्नो साइटमा समेत लगानीको लागि बढीमा अव २ महिनाभित्र स्वीकृति पाइन सक्ने जनाएको छ । अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले अन्तिम स्वीकृति दिएपछि मिनी आईपीओ मार्फत लगानीका लागि विश्वभरि खुला हुनेछ । यद्यपी यसमा नेपालभित्र रहेका नेपालीहरुले भने लगानी गर्न सक्ने छैनन ।

सगुनको साइटमा बताइए अनुसार मिनिआइपिओमा कम्तिमा २९९ डलर लगानी गर्नु पर्नेछ। त्यो भन्दा बढी समेत लगानीका लागि भने वन्देज छैन ।

मिनी आइपिओ मार्फत सगुनले बीस मिलियन डलरको सेयर बिक्री गर्ने यस अघि नै जनाइसकेको छ। खरिद गर्न इच्छुक बिश्वभरिका लगानिकर्ताले फस्ट कम फस्ट सर्भिस अन्तर्गत सेयर पाउने हुनाले चाडो लगानी गर्नेले चाहेजति सेयर पाउनेछन् ।

sagoon2

सगुनका संस्थापक गोबिन्द गिरीले सामाजिक संजालमा सगुनको सह स्वामित्व ग्रहण गर्न आह्वान गरेका छन् । उनले भनेका छन् “यो तपाईहरुले देखाएको सद्भाव र कृतज्ञताको चिनो मात्र हो ।

सगुनको आधिकारिक पेजमा भनिएको छ ूसुरुवात गरेको मलाई हिजैजस्तो मात्र लागिरहेको छ, सगुनको सोसल कर्मस स्टार्ट अप लन्च सम्मको बाटो आइपुग्दा धेरै आरोह अबरोहको सामना गर्नु परेको छ ।

तर पनि यो अनगिन्ती दिन तथा रातको यात्राको माध्यमद्वारा सबैलाई लगानीको मौका दिन नजिक आइपुग्दा खुसी छु ।’

सगुनले आफ्ना युजरहरुलाई पनि यस्तै आसयको इमेल पठाएको छ । सगुनका संस्थापकले भनेका छन् “आज हामी एक जनाबाट सुरु भएको सगुन नेपाल, भारत तथा अमेरिकामा विस्तार भएका छौ र बिना थकान काम गरिरहेका छौ ।

हाम्रा प्रयोगकर्ताहरु दिनानुदिन बढ्दो क्रममा छन् । हाम्रो सुरुवातपछि बिश्वका १०० भन्दा बढी देशका पाँच लाख प्रयोगकर्ताहरु हामीसँग जोडिइसकेका छन् । यो उपलब्धि हाँसिल गरेकोमा म आज गौरवान्वीत छु ।”